इटहरी नगर क्षेत्रमा ५ दिन लकडाउन जारि



इटहरी / २० साउन।
इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बसेको बैठकले साउन २५ गतेसम्मका लागि बजार पसल बन्द गर्ने निर्णय भएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायत सम्बन्धित क्षेत्रका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले ५ दिनका लागि बजार, पसल बन्द गर्ने निर्णय गरेको हो ।

भोलीबाट दूध र औषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय, तथा कार्यालयका समेत बन्द हुनेगरी लकडाउन गर्ने निर्णय भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्