टप फिचर

आजको ओली-प्रचण्डबीचको वार्ता पनि निष्कर्षविहीन टुंगियो

By थाहा अनलाइन

August 04, 2020

काठमाडौं / २० साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वयको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्वाङसहित बालुवाटारमा बसेको बैठक सकारात्मक भएपनि कुनै सहमित बिनै सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुबै अध्यक्षबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।

मंगलबारको बैठकबाट ठोस निस्कर्ष भने निस्किएन। नेताहरूले स्थायी कमिटी बैठक राख्न प्रस्ताव गरेपनि ओली राजी भएनन्। ओलीले स्थायी कमिटीको बैठक राख्ने विषयमा सहमति नजनाएपछि बैठक छलफल टुंगिएको हो।

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन ।