पखाला लागेर मृत्यु भएकी युबतिमा कोरोना संक्रमण पुष्टि



पर्सा/ २१ साउन।
गत सोमबार मृत्यु भएकी पर्साकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको पखालाबाट मृत्यु भएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण मंगलबार राति कोरोना पोजेटिभ देखिएको होे ।

उनि पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी थिइन्।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन्।

उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो।

राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिहले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्