नेपालमा फेरि जन्मियो अर्को माओवादी



भक्तपुर । माओवादी आन्दोलन टुक्रा–टुक्रा भएको बेला फेरि अर्को माओवादीको जन्म भएको छ । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा अर्को नेकपा माओवादीको पुनर्गठन गरिएको जनाइएको छ ।

सो पार्टी ३१ सदस्यीय जानकारी गिराइएको छ । रफत सञ्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आज जनयुद्ध र जनभावनाको मुद्धा सत्तारुढ दल (नेकपा)ले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको जनाइएको हो ।

पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्रहुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै उनले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता संगठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ राखे ।

पत्रकार सम्मेलनमा नवगठित माओवादी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा (माओवादी) घोषणा गर्न बाध्य भएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्