अन्तर्राष्ट्रिय

सोमबार भारतमा विश्वकै धेरै कोरोना संक्रमित र मृत्यु

By थाहा अनलाइन

August 05, 2020

काठमाडौं / २१ साउन । भारतमा लगातार दोश्रो दिन विश्वकै धेरै संख्यामा नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्।

त्यस्तै सोमबारमात्र त्यहाँ विश्वका अन्य मुलुकको तुलनामा धेरै मानिसको कोरोनाबाट मृत्यु भएको थियो।

सोमबार भारतमा ८ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो।

टाइम्स अफ इन्डियाका अनुसार सोमबार भारतमा ४९ हजार १ सय ३४ नयाँ संक्रमित फेला परेका छन्।

यो संख्या अमेरिका र ब्राजिलको भन्दा धेरै हो। ती मुलुकमा सोमबार क्रमशः ४८,६२२ र १७,९८८ नयाँ संक्रमित फेला परेका छन्।

सोमबार उच्च संख्यामा कोरोना संक्रमित फेला परे पनि त्यो संख्यामा मंगलबार भने केही कमी देखिएको छ।

मंगलबार नयाँ संक्रमित र मृतक संख्या एक दिनको अन्तरालमा पुन: ५० हजारमाथि पुगेको छ।

यस्तै मृतक संख्या पनि ८ सय ८२ पुगेको छ। मृतक संख्या ८ सयमाथि भएको यो लगातार दोस्रो दिन हो।

भारतमा कोरोना संक्रमित संख्या १९ लाख ४ हजार ७ सय १९ पुगेको भारत सरकारले जनाएको छ।