काेराेनाबाट विश्वमा प्रत्येक १५ सेकेण्डमा एक जनाकाे मृत्यु



काठमाडौं / २१ साउन ।
काेराेना महामारीलबाट विश्वमा दैनिक करिब ५ हजार ९ सय मानिसकाे मृत्यु हुने गरेकाे छ।

प्रत्येक घण्टा २ सय ४७ जना र प्रत्येक १५ सेकेण्डमा एक जनाकाे मृत्यु हुने गरेकाे राेयटर्सलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

विश्वमा बुधबार बिहानसम्म एक कराेड ८५ लाख ४१ हजार ८ सय ६२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।

त्यस्तै ७ लाख ६ सय ८३ जनाले कोरोना बाट ज्यान गुमाएका छन्।

अमेरिका, ब्राजिल, भारत र मेक्सिकाेमा सबैभन्दा बढी मानिसकाे काेराेना संक्रमण र मृत्यु भएकाे छ।

राेकथामका लागि प्रयासहरु भएपनि ती सफल हुन सकेका छैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्