अन्तर्राष्ट्रिय

गुजरातको मत परिणाम भाजपाको पक्षमा जाने संकेत

By थाहा अनलाइन

December 15, 2017

सैघाली खबर काठमाडौं,२९ मंसिर

भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी (भाजपा) विजय हुने चुनावी सर्वेक्षणहरुले देखाएको छ ।

२२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपा लाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति लगाए पनि सम्भवनदेखिएको नतिजा आउनु पूर्वका सर्वेक्षणहरुले देखाएका छन् । हालै मात्र कंग्रेस अध्यक्ष बन्नु भएका राहुल गान्धीका लागि यो चुनाव परिणाम निकै महत्व मानिएको छ ।

त्यसैगरी प्रधानमन्त्री मोदीका लागि पनि आफ्नो लोकप्रियता जाँच्ने मूख्य आधार मानिएको छ ।यसमा अधिकांश सर्वेक्षणहरुले नरेन्द्र मोदी–अमित शाहको जोडीकै पक्षमा परिणाम जाने देखाएका छन् ।

कंग्रेसले गुजरातको परिणाम आफ्नो पक्षमा पार्न यस अघि भाजपा लाई सघाउँदै आएका पाटीदार पटेल समुदाय, दलित र पिछडा वर्गका युवा नेताहरुलाई आफ्नो अभियानमा सामेल गरेको थियो ।

आरक्षणको मुद्दा उठाएर चर्चामा आएका हार्दिक पटेलको पूर्ण समर्थन कंग्रेसलाई रहे पनि परिणाम उल्ट्याउन गाह्रो पर्ने दावीती सर्वेक्षणहरुले गरेका छन् ।

१८२ सदस्यीय विधान सभाका लागि गुजरातमा दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । बिहीबार दोस्रो चरणको निर्वाचन सकिए लगत्तै सार्वजनिक गरिएका सर्वेक्षणहरुमा भाजपाले ९९ देखि ११३ तथाकंग्रेसले ६८ देखि ८२ सिटसम्म ल्याउन सक्ने आंकलन गरिएको हो ।