वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको निधन



वीरगञ्ज / २१ साउन ।
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ।

वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको निधन भएको हो।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए।

उनको बुधबार बिहान ६ बजे निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए। उनी वीरगञ्ज- १५ निवासी हुन्।

उनको साउन १८ गते नमुना संकलन गरिएको थियो। १९ गते उनको कोरोना पोजेटिभ आएको थियो। डा उपाध्यायका अनुसार ती व्यक्ति मधुमेहका बिरामी थिए।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६० पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्