सेक्स कसरी गर्ने



 

सैघाली खबर

दाङ,मंसिर २९ ।नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा ।

कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ?

त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरुले यो पनि विचार गर्दैनन् कि उनिहरु कहां छन् । अर्को तर्फ प्रेमलाप गर्नेहरु सेक्ससंग जोडिएको कुनैपनि काईदा कानून मान्दैनन् । तर धेरै पटक यस्तोपनि हुन्छ कि सेक्सको चाहना सहयात्री साथीको अनिच्छालॆ पूर्ण नहुन सक्छ । त्यसैले पार्टनरलाई सेक्सका लागि कसरी तयार पार्ने भन्ने विषयमा गंभीरतापूर्वक चिन्तन गर्नु उपयुक्त हुन्छ ।
यौन क्षमता बृद्धिका लागि धेरै काईदाहरु छन् । यसको निम्ति व्यक्तिलाईपरिस्थिति अनुरुप केहि यस्तो काईदाहरु अपनाउनु राम्रो हुन्छ जसबाट साथी खुशी भएर सेक्सका निम्ति तयार होउन् ।
यहां त्यस्ता केहि काईदाहरु बताईएको छ- 
१. खानपिन पछि दुबै जना एकार्काको समीप आउने प्रयत्न गर्नुस् ।
२. आफ्नो पार्टनरको गर्दनमा चुम्नुस् ।
३. यदी प्रेयसी खाना तयार गर्दैछिन भने उनको पछि गएर उनलाई आिलंगनमा लिनुस र उनको गला र कांधमा चुम्नुस् ।
४. सेक्स गर्नु भन्दा पहिले दुबैले संगै नुहाउनुस र मसिनो स्वरमा आफ्नो प्रेमको प्रस्ताब गर्नुस् ।
५. आफ्नो सहयात्री पार्टनरलाई हल्का साबुन या तेलले मालिस गर्नुस । यस्को सुगन्धले वातावरणमा उत्तेजना ल्याउछ ।
६. उनलाई आफ्नो शरीरमा लपेटेर सुत्नको निम्ति आमन्त्रण गर्नुस् र भन्नुस म तिम्रो नजिक आउन चाहन्छु ।
७. आफ्नो पार्टनर साथीको जुन हात जसरी समाते पनि समात्नुस तर पुरा आत्मविश्वासका साथ समात्नुस् ।
८. आफ्नो पार्टनरलाई नम्रतापूर्वक आिलंगन गर्नुस र उनको आंखामा आंखा मिलाएर एकटक उनको आंखामा हेरिरहनुस् ।
९. केहि यस्तो नयां कुरा गर्ने प्रयास गर्नुस तपाईको साथीलाई त्यस्को कल्पना नै नहोस् ।
गरमा गरम सहवासका लागि उपरोक्त कुराहरुमा अवश्य ध्यान दिनुस् । यसले तपाईको सेक्स लाईफ निकै राम्रो हुन्छ । यो मान्नस कि यदि तपाईको सेक्स जीवन सफल छ भने तपाईको जीवनका समस्याहरुबाट पुरा दृढताकासाथ जुध्न सक्नुहुन्छ र तपाई तमाम् दिक्दारी माथि विजय प्राप्त गर्न सक्नुहुन्छ । एजेन्सी

 तपाईंलाई फेमिली थेरापिस्ट भन्दा रहेछन् मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दो रहेछ ?
मनोविज्ञान बृहत् विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय फेमिली थेरापीअन्तर्गत पर्छ । अर्थात्, तपाईंको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्छ ।
 तपाईंसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरू के-के रहेछन् ?
पुरूष होस् वा महिला, सुरुमा उहाँहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार राम्रो गर्दैनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात्, कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरुको धारणा र व्यवहारमा प्रकट हुने गरेको मैले पाएँ ।
 सेक्सकै कारण समस्या आएको जोडी कति पाउनु भयो, प्रतिशतमा भन्न सकिन्छ ?
९९ सय प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरूको विवाह इच्छा विपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै रुपमा यौन जोडिएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ, मेरो प्राक्टिसमा पनि यही पाएकी छु ।
 केही उदाहरण दिन सकिन्छ ?
धेरै जोडी विवाहको ५-७ वर्षपछि मकहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरू घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् । तर विवाहको पहिलो वर्ष त्यही व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्‍यो भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यही व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरूको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरूको रुप र व्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुँदै जान्छ, ती क्रियाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ ।
 नेपालीहरूको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनु भयो ?
सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरूष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र पर्छन् । त्यसबारे धेरैले ध्यान दिँदैनन् । मुख्य कुरा सेक्समा पुरूष हावी हुने गरेका छन् । अनि महिलाले पनि पुरूषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहीँबाट सुरू हुन्छ । वास्तवमा सेक्स कसका लागि, केका लागि भन्ने कुरा हामी प्रस्ट छैनौँ ।

 

 


 नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण के पाउनु भयो ?
उनीहरुलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएका हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरूषसँगको सम्बन्ध पाप हो, पुरूषहरुको काम नै महिलालाई भोग्ने हो भन्नेजस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्तैनन् । तपाईंले कतिपय महिलाहरू सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएको होला । यसको मूल कारण नै उनीहरुमा सेक्सप्रति भएको वितृष्णा हो । जब कि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो ।
नेपालका शहरी क्षेत्रमा महिला-पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनु भएको छ ?शहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । प्रारम्भमा मलाई पनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस जाने रहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो । यौन क्रियाकलापका बेला दुवै जना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो ।
अहिले गुदा मैथुन, मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनमा के पाउनु भयो ?
विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरूषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यही कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरुले आफ्नो सन्तुष्टिको अधिकारबारे त्यति सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेबित्तिकै पुरूष लिङ्ग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो ।
किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ?
किशोर वयमा अचानक बेहोस हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो । वास्तवमा यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोलि यसलाई कन्भर्जन डिसअर्डर भनिन्छ । पहिलो हिस्टेरिया भएका युवतीलाई विवाह गरिदिँदा यो रोग हराएको पाइयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग सम्बन्धित हो भन्ने व्याख्या गरियो । आजभोलि यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ ।
 विवाहको केही वर्षपछि पुरुषहरू आफ्ना श्रीमतीको यौन चाहना कम भएको भन्ने गर्छन् । उनीहरू परस्त्री गमन गर्न थाल्छन्, फलस्वरूप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो ?
विवाहको पहिलो वर्ष महिलाहरु पुरूषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुँदै जान्छ । उनीहरूको ध्यान आफ्नो श्रीमान्भन्दा छोरा-छोरीप्रति जान्छ तर पुरूषले श्रीमतीबाट त्यही व्यवहार चाहन्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । मसँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ ।
नेपालमा एकथरि महिला छन्, जसका लागि यौन लाजको विषय हो । तर अर्काथरि महिला यस्ता पनि छन्, जो खुला रूपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन्, यसलाई कसरी लिनुहुन्छ ?
धेरै महिलाका लागि यौन लाजको विषय हो तर लाजको विषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो यौनिकता प्रदर्शन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता छैन । दुवैले बाहिरी मानिसलाई आफूतिर आकषिर्त गरिरहेका छन् । यहाँ महिला मात्र होइन, पुरूषले पनि कहिले प|mेन्चकट दारी पालेर होस् वा आफूलाई सफाचट राखेर होस्, आफ्नो यौनिकता प्रदर्शन गरिरहेको हुन्छ । आज तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढी यौनेच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।
यति हुँदाहुँदै पनि नेपालीहरू किन यति हिप्पोक्र्याट भएका ?
किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कंदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासँग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरूले यसलाई लाजको विषय भने । शिक्षक-शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा खुलेर कुरा आउनु पर्ने हो, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचरा यौन कलङ्कित हुने नै भयो । म सभ्य छु भन्नेहरूले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो ।
अहिलेको नयाँ पुस्ता घरमा यौनलाई गलत भनेको सुन्छ, तर इन्टरनेट र साथीभाइका माध्यमबाट सबै कुरा सिकिसक्छ, यस्तो अवस्थालाई कसरी मिलाउने ?
यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब पनि हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ, नत्र विकृत व्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोवैज्ञानिकहरूले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौँ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ ।-पत्रकार अश्विनी कोइरालाको पुस्तक ‘उनी’बाट)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्