सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोनाको आशंका, अन्तिम संस्कार रोकियाे



राजविराज / २१ साउन ।
सप्तरीमा पछिल्लो २४ घण्टा यता उपचारका क्रममा तीन जनाको मृत्यू भएको छ । तीनै जनामा कोरोना संबन्धि लक्षण देखिएपछि उनीहरूको अन्तिम संस्कारमा रोक लगाइको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीनै जना मृतकको पिसिआरपछि मात्रै अन्तिम संस्कार गरिने जनाइएको छ ।

मृत्यु भएकाहरूमध्ये एक जना सप्तरीको रूपनी गांवपालिका-५ का हुन् । अर्का एकजना मृतक डाकनेश्वरी नगरपालीका-९ का हुन भने अर्को राजगाढ गांवपालिकाका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्