अपराध

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

By थाहा अनलाइन

August 05, 2020

कैलाली / २१ साउन । जिल्लाको भजनी नगरपालिका- ४ का वडासचिव बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

वडासचिव सुमनकुमार चौधरीलाई एक महिलाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको भन्दै ति महिलाले उजुरी दर्ता गरेपछि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीविरुद्ध जबर्जस्ती करणीमा उजुरी परेको छ । घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयाससमेत भएको स्थानीयले बताएका छन् ।

महिलाले सदरमुकाममै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।