किन हुन्छ सम्बन्ध विच्छेद ?, यस्ता छन सम्बन्ध विच्छेदका असर



सम्बन्ध विच्छेद सजिलो निर्णय होइन । आफैंलाई नराम्रो लागिरहेको अवस्थामा बाहिरी समाजले सोध्ने विभिन्न किसिमको प्रश्नले झन् ठूलो असर पार्छ । त्यसमा पनि विशेषगरी दोस्रो सम्बन्ध पनि टुट्दा यस्तो समस्या धेरै हुन्छ । यो स्थिति नेपालमा मात्र होइन, धेरै मुलुकहरुमा देख्न सकिन्छ ।

पहिलो सम्बन्ध भन दोस्रो सम्बन्ध विच्छेद भने कुरा अर्कै हुन्छ। तबसम्म व्यक्ति परिपक्व र अनुभवी भइसकेको हुन्छ । । यतिबेला ऊ धेरै बुझ्ने र पुरानो गल्ती दोहोर्याउन चाहँदैन । तर, दोस्रोपटक पनि राम्रो सम्बन्ध हुन सकेन भने मानिसहरु उसलाई नराम्रो नजरले हेर्छन् । उनीहरुलाई उक्त व्यक्तिमा नै खराभी को आभाष हुन्छ। पहिलो सम्बन्धविच्छेदलाई दुर्घटना मानिएता पनि तर, दोस्रो सम्बन्ध विच्छेदलाई भने कतै न कतै लापरबाही र स्वयम् को दोष मान्न सकिन्छ ।

सम्बन्धविच्छेदसँग जोडिएका भावनात्मक अवस्था निम्न प्रकारका हुन्छंन् ।

१.पछुतो
असफलताले मानिसमा पश्चातापको भावना उब्जाउने गर्छ। साथै उसलाई राम्रोसँग सम्बन्ध निर्वाह गर्न नसकेको महशुस हुन्छ । यो अवस्था त्यति बेला
जटिल हुन्छ, जतिबेला लज्जा ,पीडा, रिस र तमाशा मा बदलिन्छ ।

२. डर र चिन्ता
सम्बन्ध विच्छेदभन्दा पहिला र सबन्ध विच्छेदपछि पनि महिलाको मनमा बच्चा र आफ्नो भविष्य के होला भन्ने डर र चिन्ता हुन्छ । अथवा कस्ता कस्ता समस्याको सामना गर्नुपर्ने हो भन्ने पीर परिरहेको हुन्छ । जबसम्म असल जीवनसाथी पाइदैन तबसम्म उनीहरु को जीवन निकै कष्टप्रद हुन सक्छ ।

३. इज्जत
सम्बन्ध विच्छेदलाई समाजले इज्जत संग तुलना गरेतापनि विशेषज्ञहरु सम्बन्ध विच्छेदलाई इज्जतसँग जोड्न नहुने बताउँछन् । सम्बन्ध विच्छेदपछि पनि महिलाले आफूलाई एक्लो सोच्नु हुँदैन । सधै विभिन्न कठिनाइको सामना गर्नुभन्दा सम्बन्ध विच्छेद गर्नु राम्रो बाटो रहेको विश्लेषकहरुको भनाइ छ। यदि तपाइँको सम्बन्ध टुटेको छ भने नडराइकन आफूलाई बलियो बनाएर मानसिकरुपमा बलियो भएर आर्थिक मजबुती पनि बढाउनतिर लाग्नु राम्रो हुन्छ ।

४. हतारमा सम्बन्धविच्छेद
आवेशमा आएर निर्णय गर्नुभन्दा पनि केही समय आफूलाई र सम्बन्धलाई दिनु राम्रो हुन्छ।सधै सम्बन्ध टुट्ने कारण स्थिति र स्वभाव सही नहुनु पनि हुन सक्छ । त्यसैले सम्बन्ध विच्छेदको फैसला हतारमा लिने भूल गर्नुहुँदैन ।गल्ती कहिलेकाहीँ तपाइँको पनि हुन सक्छ । यस्तो अवस्थामा आफ्नो गल्तीलाई ध्यानमा राख्दै त्यसलाई सुधार गर्दै जनुपर्छ। आवेशमा आएर निर्णय गर्नुभन्दा पनि केही समय आफूलाई र सम्बन्धलाई दिनु राम्रो हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्