सर्वोच्च अदालतका सवारी चालकमा कोरोना पुष्टि



काठमाडौं / २१ साउन ।
सर्वोच्च अदालतका तिनजना सवारी चालकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

तीनैजना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जनाएको छ।

सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब लिइएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा कोरोना पोजेटिभ देखिएको हो।

यसअघि सभामुख अग्नि सापकोटाका सुरक्षामा खटिएका एक सवारी चालकमा पनि कोरोना देखिएको थियो।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणमा पनि १५ जनामा संक्रमण पुष्टि भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्