सैघाली खबर
काठमाडौं,२९ मंसिर
अन्तरष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ । आइसिसीले मान्यता दिए सँगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडी सँगै विदेशी खेलाडी पनि खेल्न पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले यो प्रतियोगिताका लागि आइसिसीको अनुमति आवश्यकथियो । आइसिसीको अनुमतिबिना राष्ट्रिय टिमका र विदेशी खेलाडीले खेल्न पाउने सम्भावना थिएन।
इपिएल आयोजकले मन्जुरी शूल्क बापत आइसिसीलाई २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ । यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ ।
आइसिसीले यो वर्षको प्रतियोगिताका लागि मात्रै अनुमतिदिएको हो । यस्तै आइसिसीले इपिएल लाई अनुमति दिएको बारेमाआफ्ना सबै सदस्य राष्ट्रलाई समेत जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।