काठमाडौं । रोजगारीकोक्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन् । भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन् ।
उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन् । नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए । काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दुरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए ।
जिरादका पूर्वग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा विवाह समेत नगरेको बताउँछन् । ‘पछि उसले विवाह गर्यो र दुई छोराछोरी पनि भए, जसले अध्ययनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने ।
कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहेको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए । कृष्ण र उनकी पत्नीले भने पढ्ने अवसर पाएका थिएनन् । कृष्णको सपना आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने थियो । छोराछोरीलाई राम्रो शिक्षा दिक्षाका लागि कृष्णको पत्नीले पनि फुड स्टलमा काम गर्न सुरु गरेकी थिइन् ।
प्रतिभा निकै मेहनती र अध्ययनमा अब्बल विद्यार्थीमा पर्छिन् । बोर्ड परीक्षमा प्राप्त गरेको आफ्नो सफलताको सुत्र बताउँदै प्रतिभाले आफूले समय तालिका बनाएर अध्ययन गर्ने गरेको बताएकी छन् । उनी हरेक दिन बिहान ३ बजे उठेर पढ्न सुरु गर्ने गरेको बताउँछिन् । उनकी आमा बिहानै काममा जाने र बेलुका अवेर मात्रै घर फर्किने भएकाले घरको काम समेत प्रतिभाले नै सम्हाल्ने गर्थिन् ।
पवित्रा भविष्य मेडिसिन पढेर डाक्टर बन्न चाहन्छिन् । तर यसका लागि ठूलो रकम र कैयौँ परीक्षाहरूको सामना गर्नुपर्ने भन्ने कुरामा पनि उनी जानकार छिन् । उनका शिक्षक जानभी बाघे पवित्रा विद्यालयमा सधै अब्बल र बहुप्रतिभाशाली विद्यार्थी भएको बताउँछन् । प्रतिभा खेलकुद लगायतका विद्यामा पनि अब्बल रहेको उनी बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।