कैलालीमा आजदेखि राति हिँडडुल गर्न नपाइने



कैलाली / २२ साउन।
कैलालीमा आजदेखि राति हिँडडुल गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनअनुसार कैलालीका शहरी क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न निषेध गरेको हो।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा रोक लगाइने जानकारी दिए।

आजबाट जिल्लामा सवारीसाधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागुसमेत गरिएको छ।

गृह मन्त्रालयले कोभिड-१९ को संक्रमण बढ्दै गएकोले रोकथाम र नियन्त्रणका लागि बुधबार विभिन्न ५ बुँदे निर्देशनसहितको सूचना जारी गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्