Banner First

दाङमा बलात्कृत भएकी युवती र प्रेमी : नुहाएर कपडा फेर्न लाग्दा चार जना आएर अप्राकृतिक बलात्कार गरे (भिडियो)

By थाहा अनलाइन

August 06, 2020

दाङ / २२ साउन। हिजो मात्रै दाङको देउखुरीमा १७ वर्षीया किशोरीलाई उनको प्रमिकै अगाडी चार जना मिलेर सामूहिक बलात्कार गरेको घटना बाहिरियो। यो घटना देश- विदेश सम्म फैलिएको छ ।

पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपितमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइ सकेको छ । अझै २ जना फरार छन्।

यो घटना यही साउन १६ गते दिउँसो भएको हो। आफ्ना प्रेमीसँग घरदेखि केही पर सामुदायिक वन नजिकैको खोलामा नुहाउन गएको बेला र त्यही बेला चार जना आएर प्रेमीलाई कुटपिट गर्दै आफूलाई अप्राकृतिक रुपमा सामूहिक बलात्कार गरेको पीडित किशोरीको भनाई छ ।

किशोरीले साउन १८ गते प्रहरी समक्ष उजुरी दिएकि थिइन्। नुहाएर कपडा फेर्ने बेला एक्कासि चार जना आएर आफूलाई अप्राकृतिक रुपमा बलात्कार गरेको किशोरी बताउँछिन।

यसबारे सत्यतथ्य बुझ्न हाम्रो थाहा अनलाइनको टिमले पिडित किशोरी उनका प्रेमी र किशोरिकी आमासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं।