Banner Second

२४ घण्टामा ३६० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१,७५० पुग्यो

By थाहा अनलाइन

August 06, 2020

काठमाडौं / २२ साउन। पछिल्लो २४ घण्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ३६० जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै, गत २४ घन्टामा २३३ डिस्चार्ज भएका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ३ सय ८९ पुगेको छ। यो भनेको ७०.५७ प्रतिशत हो।

हालसम्म सक्रिय संक्रमितको संख्या ६,२९६ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

क्वारेन्टाइनमा रहनेको संख्या ९,४७० रहेको छ।

अहिले सम्म ६५ जनाको कोरोनाबाट निधन भएको छ।