प्रदेश ५

घोराहीका विभिन्न वडाका २५ जना युवा राष्ट्रिय जनमोर्चा मा प्रवेश

By Thah Online

August 06, 2020

ओमप्रकाश गुप्ता , दाङ २२ साउन । दाङमा दुई दर्जन बढी युवाहरू बिहिबार राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको विभिन्न वडाका २५ जना युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका हुन् । अखिल नेपाल युवक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ती युवाहरुलाई पार्टीमा प्रबेश गराएको हो ।

पार्टीका नगर अध्यक्ष डोरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले रातो अबिर लगाई युवाहरुलाइ पार्टी प्रवेश गराएका थिए । यसरी पार्टी प्रवेश गर्नेहरूमा प्रबेश गर्नेहरुमा सुमन घर्तीको नेतृत्वमा गोबिन्द जिसी, विशाल गाहा, अरुण गुरुङ, प्रदिप घर्ती, सबिन खनाल, तिलक घर्ती, कुसल केसी, अर्जुन खत्री, रक्तबिज घर्ती, चित्रसिंह पुन, माधब घर्ती, दिलकुमार दसौदी, जीवन बिस्ट, अर्जुन थापा, टोपेन्द्र आग्री लगायत रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले युबाहरुको काँधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी भएकोले सधै पार्टीहरुको भोट बैंक र सत्ता प्राप्तीको भर्‍याङ नभई आफै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने कुरा बताए । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचिव तुलसीराम पन्थीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अखिल नेपाल युवक संघका जिल्ला सदस्य दिपक रोका, घोराही नगर कोषाध्यक्ष दिपक केसी लगायतको उपस्थित रहेको थियोे भने कार्यक्रमको सहजीकरण जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराईले गरेका थिए ।