फेसबुक र युटुबले पनि डोनाल्ड ट्रम्पलाई गरे कारवाही



काठमाडौं । कोरोना भाइरस सम्बन्धि मामिलामा नकारात्मक सन्देश जाने गरी बोलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युटुबले पनि कारवाही गरेकोछ । यही मामिलामा हिजो नै सामाजिक सञ्जाल फेसबुकले पनि उनले पोष्ट गरेको स्टाटस हटाएर ट्रम्पलाई कारवाही गरेको थियो । ती दुवै मिडियामा ट्रम्पले बाल–बालिकामा कोरोना भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको दाबी गरेका थिए ।

ट्रम्पले फक्स न्यूजलाई दिएको र फेसबुकमा प्रेषित एउटा अन्तरवार्ताको अंशमा कोभिड सम्बन्धी हानिकारक र मिथ्या सूचना भएको भन्दै फेसबुकले मेटिदिएको छ । ट्विटरले पनि सोही अंश भएको ट्वीट नमेटेसम्मका लागि ट्रम्पको प्रचार अभियानको खाता निलम्बन गरिदिएको थियो । अमेरिकी सरकारी निकायले दिएको जनस्वास्थ सम्बन्धी सूचनामा बालबालिकामा कोभिड–१९ को प्रतिरोध गर्ने क्षमता नहुने उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्