समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?



सैघाली खबर,

काठमाडौं,  २९ –मंसिर ।यहि मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोग जनाएको छ ।

 

अब ४ जिल्लामा मतगणना भइरहेको छ । सुनसरीको क्षेत्र नं। २ र ३, सर्लाहीको क्षेत्र नं। २ र ३, सुर्खेतको क्षेत्र नं। १ र कैलालीको क्षेत्र नं। १ को मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत, नेपाली कांग्रेसले २९ लाख ९ हजार २९३, नेकपा माओवादी केन्द्रले १२ लाख २ हजार ३२, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टी ५२ हजार ६९३ र अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्