यस्तो बन्यो अनमोलको ‘कृ’ को पोष्टर नयाँ पोस्टर



सैघाली खबर,
फिल्म ‘कृ’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । फिल्मको निर्माणपक्षले अभिनेता अनमोलकेसी र नायिका अदिती बुढाथोकीलाई पोष्टरमा समावेश गरेको छ । यसअगाडि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको पोष्टर सार्वजनिक गरिएको थियो ।

अनमोल र अदितीको रोमान्टिक पोष्टरले फिल्मप्रति उनकै उत्सुकता बढाएको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । योफिल्म भने माघ २६ गतेबाट नेपालभर रिलिज हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्