टप फिचर

जहाँ संक्रमण देखिन्छ त्यहाँ सिल गर्ने उपत्यकाका तिन सीडीओको निर्णय

By थाहा अनलाइन

August 07, 2020

काठमाडौँ / २३ साउन। काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।

‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ­’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘त्यसअनुसार टेकु, महाबौद्ध एसिया सिल गर्दैछौं ।’

जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ ।

सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति भएको छ।