टप फिचर

शुक्रवार रातिबाट लागु हुने गरी काठमाडौंको महाबौद्ध, टेकु र न्यूरोड क्षेत्र सिल

By थाहा अनलाइन

August 07, 2020

काठमाडौँ / २३ साउन। काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अत्यधिक भीड हुने यी व्यापारिक क्षेत्र सिल गरिने भएको हो ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार नागरिकता र पासपोर्ट वितरण समेत तत्कालका लागि बन्द गरिने भएको छ ।

स्रोतका अनुसार शुक्रवार रातिबाट लागु हुने गरी ती स्थानमा सिल गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने तयारी गरिएको हो ।

साथै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि रोक्ने भएको छ ।