उपरखुट्टी लगाएको भन्दै तामाङ युवालाई ६ घण्टा थुनियो



काठमाडौं । प्रहरी इन्सपेक्टरको अगाडि कार्यालयमा उपरखुट्टी लगाएर बसेको आरोपमा एक युवकलाई प्रहरीले ६ घण्टा थुनेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका इन्सपेक्टर कृष्ण श्रेष्ठले सेवाग्राही मोहनलाल तामाङलाई हिरासतमा राखेका हुन् ।

इन्सपेक्टर श्रेष्ठको यस्तो हर्कत देखेर वृृत्तकै प्रहरीले आश्चर्य व्यक्त गरेका थिए । तामाङ गत १४ साउनमा उजुरी लिएर वृत्तमा गएका थिए । इन्सपेक्टरको अगाडि उपरखुट्टी लगाएर बसेको भन्दै उनी रिसाउँदै उनले ‘ठूलो बन्न खोजेको होस् ?’ भन्दै थुनेका हुन् । ६ घण्टा हिरासतमा राखेर उनलाई निकालिएका थियो ।

फुर्वा तामाङसँगको विवादमा उनी उजुरी दिन गएका थिए । विवादपछि भएको झगडामा उनलाई चोट लागेको थियो । तर फुर्वापक्षसँग मिलेर इन्सपेक्टर श्रेष्ठले दुव्र्यवहार गरेका हुन् । पीडित पक्षले यो घटनाबारे माथिल्लो निकायमा समेत उजुरी गरेको वृत्तकै एक प्रहरीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्