कैलालीमा तारानगर कृषक सहकारी संस्थाको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न



राम बिश्वकर्मा,कैलाली / साउन २४
कैलालीको घाेडाघाेडी नगरपालिका वडा न ८ मा रहेकाे तारानगर कृषक सहकारी संस्था लिमिटेड सार्वजनिक सुनवाइ कार्यक्रम शनिबार सम्पन्न भएकाे छ।

संस्थाका अध्यक्ष झपट प्रसाद भण्डारी सभापतित्व संगै सुरु भएकाे कार्यक्रम का प्रमुख अतिथी वडा न . ८ का वडा सदस्य अम्मर जैशी रहनुभएकाे थियाे । त्यस्तै बिशिष्ट अतिथीमा रा. मा. बि तारानगर बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष खकेन्द्र ठकुल्ला रहनुभएकाे थियाे।

कार्यक्रम अधिंकास शेर सदस्य हरु सहकारी बेमानी गरेकाे आराेप लगाएका छन्। कृषि क्षेत्रमा काम गर्ने सहकारीले शेर धनीलाइ मल नदिएर बाहिरका व्यक्तिलाई प्राथमकिता साथ मल दिएकाे बताएका छन ।

आर्थिक बर्ष २०७५/७६ र २०७६/७७ मा ८ लाख ८१ हजार १ सय २७ रुपैयाँ बराबर आय-व्याय कार्यक्रम प्रस्तुत गरिएको थियाे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्