‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव



सैघाली खबर,
नयाँदिल्ली। भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ ।

रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ ।

दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो ।

जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताए ।

यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यही बर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो ।

रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी हुन् । उनलाई चार बर्षको उमेरमा भारत ल्याइएको थियोे ।

उनले धेरै समय दिल्ली चिडियाखानामा विताएकी छन् । चिम्पान्जीको औषत आयु ४० बर्ष भएपनि त्यो भन्दा धेरै लामो उमेर सम्म उनी बाँचेकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्