उपत्यकामा थप ६२ जनामा कोरोना पुष्टि



काठमाडौँ / २४ साउन।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५६ जनामा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तै ललितपुर र भक्तपुरमा ३/३ जना संक्रमित थपिएको गौतमले जानकारी दिए ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्