प्रदेश ५ को प्रदेश सभा सदस्य कृष्ण केसीलाई कोरोना संक्रमण



बाँके / २५ साउन।
प्रदेश नं. ५ प्रदेश सभा सदस्य कृष्ण केसी `नमुना´लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शनिबार राती अबेर सांसद् केसीले आफै फेसबुकमा स्टाटस लेखी आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएकी हुन्।

बाँके निर्वाचन क्षेत्र नं. १ मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट विजयी प्रदेश सभा सदस्य केसी कोरोना प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काममा खटिएकी थिइन्।

सांसद् केसीले आफूलाई कोरोना संक्रमण भएको उल्लेख गर्दै यो बीचमा आफूसँग क्लोज कन्ट्याक्टमा आएका साथीहरूलाई सेल्फ आइसोलेसनमा बस्न पनि आग्रह गरेकी छिन्।

कृष्ण केसी नमुनाले फेसबुकमा यस्तो लेखेकी छिन्- “बिश्व माहामारीकाे रुपमा फैलिएको (corona virus) संक्रमण बाट म पनि अछुताे रहेन। PCR जांचबाट (positive) पाेजेटिभ रिपोर्ट अाएकाेले एक हप्ता यता मेराे काेलाेज कनट्याक्ट रहनु भएका सम्पूर्णलाई सेल्फ आइसुलेट तथा PCR जांच गराउनुहुन अनुराेध गर्दछु।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्