कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो ।तर रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ ।
सामान्य रुघाखोकीमा औषधि आवश्यक नभएपनि रुघाखोकीमा पर्याप्त आरम तातो वा मनतातो पानी पिउनुपर्छ । अझरुघाखोकीलाग्दा , टाउको दुख्ने, नाकबाट पानी बग्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने जीउ दुख्ने हुन्छ ।त्यसैले रुघाखोकीमा केही घरेलु ओखती सेवन गर्दा आराम मिल्ने गर्छ।
तुलसी
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ ।
बेसार
रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।
अदुवा
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ । रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ ।
अलैंची
अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ ।