कैलालीमा दुई समुह बिच झडप हुँदा पाँच जना घाइते



कैलाली / २५ साउन।
कैलालीमा दुई समुह बिच झडप हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ र वडा नम्बर ६ का युवाहरु बिच झडप भएको हो।

टीकापुर प्रहरीका अनुसार उनीहरुको खक्रौला स्थित बालुवाटारमा झडप भएको थियो। दुई समुहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्।

टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ।

घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले आफुहरु १० जनाको समुहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्