Banner Second

कैलालीमा दुई समुह बिच झडप हुँदा पाँच जना घाइते

By थाहा अनलाइन

August 09, 2020

कैलाली / २५ साउन। कैलालीमा दुई समुह बिच झडप हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ र वडा नम्बर ६ का युवाहरु बिच झडप भएको हो।

टीकापुर प्रहरीका अनुसार उनीहरुको खक्रौला स्थित बालुवाटारमा झडप भएको थियो। दुई समुहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्।

टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ।

घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले आफुहरु १० जनाको समुहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ।