‘सीसीएमसी’को बैठक आज बस्दै, कोरोना संक्रमणको विश्लेषण गरिने



काठमाडौं / २५ साउन।
कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ ।

शनिबार (हिजो) बस्ने भनिएको यो बैठक अन्तिम समयमा आएर रोकिएपछि आजको लागि सारिएको थियो ।

केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ ।

आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ ।

सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्