दुर्घटना

प्युठानमा माटोले च्याप्दा बालिकाको दुवै खुट्टा भाँचियो , सहयोगका लागि अपिल

By Thah Online

August 09, 2020

ओमप्रकाश गुप्ता , भालुवाङ २५ साउन । प्युठानमा माटो खन्ने क्रममा माटोको ढिस्कोले च्याप्दा ९ वर्षिय वालिका सहित २ जना घाईते भएका छन् । शुक्रबार  दिउँसो माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा नौवहिनी-८ लुप्लुङकी सुस्मिता विकको दुवै खुट्टा भाँचिएको छ । भने अार्का एउटा खुट्टा भाचिएका १ जना महिलाको भने वुटवलमा उपचार सुरु भईसकेको छ।

शुक्रबारनै जिल्ला अस्पत्ताल प्यूठानले थप उपचारका लागि बाहिर जान रिफर गरेपनी शनिवार दिउसोसम्म अार्थिक जोहो नहुँदा वालिका सुस्मिताका अाफन्तहरु जिल्ला अस्पतामै अलपत्र परेका थिए त्यस पछि पत्रकार हरि भण्डारी, वोमवहादुर परियार र वासु विकले सहजिकरण गरि उनीहरुलाई वुटवल पठाएको प्यूठानवाट पत्रकार वोमवहादुर परियारले जानकारी दिएका छन् । वालिका वाजेवज्यैसंग वस्दै अाएकि थिईन। अामाले दोश्रो विवाह गरेकी उनको वुवाले भारतमा मजदुरी गर्छन। लामो समयदेखीको कोरोना भाईरसको प्रकोप र वन्दावन्दीका कारण भारतमा काम गर्ने मजदुरहरुलाई पनि संकट छ। त्यसमाथी वालिकाका दुवै खुट्टा भाँचिएपछी परिवारमा जटिल समस्या अाएको छ।

दुवै खुट्टाका हड्डी भाचिएको र जिल्लावाहिर पठाउन पर्ने अवस्था रहेकाले वालिकालाई तत्कालै रिफर गरिएको जिल्ला अस्पत्ताल प्यूठानमा कार्यरत एमडिजिपी डाक्टर सुनिल सुनारले वताएका छन्। घाइते सुस्मिताको उपचारमा सहयोग गर्न चाहानेले मोबाइल नम्बर ९८५७८३३७६६ र ९८४७८७३५२९ मा सम्पर्क राख्न सक्नु हुनेछ ।