नेपाल बैंकको नाफा घट्यो



काठमाडौं । नेपाल बैंकले कोरोनाका बाबजुत पनि गत आर्थिक वर्षमा सामान्य नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड रुपैयाँले घटेको छ । बैंकको नाफा १.५५ प्रतिशत मात्र कम हो ।

अघिल्लो वर्ष २ अर्ब ५९ करोड खुद नाफा गरेको र्बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ५५ करोड खुद नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा २ अर्ब २१ करोड छ । कोरोनाका कारण जारी गरिएको लकडाउनले बैंकको व्यवसाय प्रभावित हुँदाको असर ब्याज आम्दानीमा देखिएको छ ।

सरकारको निर्देशन अनुसार ब्याज सहुलियत प्रदान गर्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ । जसले गर्दा संचालन नाफा समेत प्रभावित भएको छ । बैंकको संचालन नाफा ३ अर्ब ५६ करोड छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्