सम्झौतापत्रमा हस्ताक्षर गर्दै २३ दिनमा अभियन्ता ईः ले तोडे अनशन



काठमाडौं / २५ साउन।
सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन् ।

आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिए ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । स

त्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्