विश्वभर झन्डै २ करोडमा कोरोना संक्रमण, ७ लाख २८ हजारको मृत्यु



काठमाडौं / २५ साउन ।
कोरोना भाइरसबाट विश्वभर १ करोड ९८ लाखभन्दा बढी संक्रमित भएका छन् ।

सात महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोनाको महामारीले आइतबार यो समाचार तयार पार्दासम्म १ करोड ९८ लाख ४ हजार ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ लाख ६२ हजार ५२४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ६११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ७ लाख २८ हजार ७९५ पुगेको छ ।

१ करोड २७ लाख १४ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९४८ जनाको मृत्यु भएको छ ।

३० लाख २३ हजार ३७५ जना संक्रमित भएकोमा १८ लाख १६ हजार ५४७ जना संक्रमणमुक्त भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्