समानुपातिकतर्फ दुई प्रदेशमा कांग्रेस अघि



सैघाली खबर,
काठमाणडौ २९ मंसिर।
देशभरी एमालेले राम्रो परिणाम ल्याइरहँदा दुइवटा प्रदेशमा भने समानुपातिकतर्फ कांग्रेस अघि छ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेश नम्बर २ र ५ मा कांग्रेसले सबभन्दा धेरै मत ल्याएको हो। प्रदेश नम्बर २ मा कांग्रेसको मत ३ लाख १७ हजार २ सय ७५ छ। यो प्रदेशमा राष्ट्रिय जनता पार्टी दोस्रो भएको छ। उसले २ लाख ६१ हजार ३ सय ३२ ल्याएको छ।

तेस्रो हुने संघीय समाजवादी फोरमले भने, २ लाख ४९ हजार ८ सय ४० मत ल्याएको छ। त्यस्तै, कांग्रेसले सबभन्दा धेरै मत ल्याउने अर्को प्रदेश ७ नम्बर हो। यहाँ उसले २ लाख ७८ हजार ७ सय ८५ मत पाएको छ। दोस्रो हुने दल एमाले छ। उसले यहाँ २ लाख ५५ हजार ४ सय ८६ मत ल्याएको छ।

तेस्रो हुने माओवादी केन्द्रको मत यहाँ १ लाख ३७ हजार ९ सय ९८ छ। दुवै प्रदेशमा उसले सरकार बनाउन भने पाउने छैन। दुवै प्रदेशमा प्रत्यक्षमा उसको मत कम छ। त्यसमाथि गठबन्धन गरेका दुई दलको मत जोड्दा कांग्रेसपछि पर्छ। त्यसैले, उसले सरकार भने बनाउन नपाउने भएको हो।

प्रदेश नम्बर २ मा तालमेल गरेर चुनावमा गएका राजपा र संघीय समाजवादी फोरम मिलेर सरकार बनाउन सक्नेछन्। प्रदेश ७ मा भने एमाले( माओवादी गठबन्धन मिल्ने छन्। निर्वाचन आयोगका अनुसार अब जम्मा ४ वटा जिल्लाका १२ वटा प्रदेशको मत गणना गर्न बाँकी छ। सुनसरी क्षेत्र नम्बर २,३, सर्लाहीको क्षेत्र २, ३ सुर्खेतको १ र कैलालीको १ का प्रदेशसभाको मतगणना बाँकी रहेको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्