कपिलवस्तुमा आज स्थानीय पर्व तीन-छठ्ठी मनाईदै



कपिलवस्तु / साउन २५
पश्चिम तराईकाे मधेशी समुदायका आमाहर ले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्छन।

यो पर्ब यहाँका आमाहरुले परापूर्वककाल देखी नै मनाऊदै आएका छन। यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठको तिथीमा मनाइने गरिन्छ ।

यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ गरी आफ्ना छोराहरु लाई टिका टाला गर्नेगरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामल को भात पकाई साग र दही संग खाने गर्छिन। तीन छठ्ठी का ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा नजाने र जोतेका खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान न हुने विश्वास रहेको छ ।

धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले न जोते को खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोरा को कथा-कहानी भन्ने गर्दछिन,भने कतिपय महिला हरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्