अब मास्कको पनि फेसन



हाम्रो नाक र मुख ढाक्ने मास्क अबका दिनमा अनिवार्य आवश्यक्ता बन्न सक्ला ? के अब मास्कको पनि फेसन आउला ?

मास्क अहिलेको बाध्यता हो । तर, मान्छेले आफ्ना बाध्यताहरुलाई शौखमा रुपान्तरण गरिरहेका छन। सर्ट, पाइन्ट, कुर्ता, क्याप, चस्मा आदि हिजो बाध्यता थियो, आज रहर । ठीक यसैगरी मास्कमा पनि उपभोक्ताको रहर एवं सौख प्रकट हुनसक्छ ।
खासमा मास्कको प्रयोग धुलो–धुँवाबाट बचाउनका लागि हुँदै आएको थियो ।तर, अहिले मास्कको उपयोगिता बढेको छ।

कोरोना भाइरसको कारण मानव शरीरमा जुन एन्टिबडी निर्माण भएको छ, त्यसले लामो समय काम गरेको पाइदैन । तीन महिनापछि पुन संक्रमित व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै हो भने शारीरिक दुरी, व्यक्तिगत सरसफाई सँगै हाम्रा लागि मास्क एक अनिवार्य आवश्यक्ता बन्नेछ ।

त्यसो त कोरोना भाइरसबाट बच्न मात्र होइन, यस्तै अन्य संक्रमण र प्रदूषणबाट बच्न पनि मास्क उपयोगी हुन्छ । त्यसैले सामान्य अवस्थामा समेत मास्कको प्रयोग गरिन्छ । माक्सको प्रयोग ले रोगको जोखिम बाट बचाउनुका साथै घाम, धुलो आदिबाट अनुहारको रक्षा समेत गर्दछ । स्वास्थ्य मात्र होइन, व्यक्तिगत सुरक्षाका लागि समेत मास्क उपयोगी हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्