वडाध्यक्ष सुनारी आफै बाटो मर्मत गर्न थालेपछि……



ओमप्रकाश गुप्ता , सिसहनियाँ २५ साउन । दाङका एक वडा अध्यक्ष अाफ्नो वडाको बाटो मर्मत गर्न अाफै जुटेका छन् । चिल्लो गाडी चढ्ने र चिल्लै कुर्सीमा बसेर जनताको सेवा गर्ने बेलामा दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर भने धुलाम्मे भएर अाफ्नो वडाको बाटो मर्मत गर्न अाफै जुटेका हुन् । वडा अध्यक्ष सुनारी सँगै अन्य २ वडा सदस्यहरू अलि मोहम्मद मिया र ददिबहादुर बराल पनि बाटो मर्मत गर्न जुटेका हुन् ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक माैरीघाट देखि देवीकोट हुँदै प्युठानको मुर्कुटी सम्म जोड्ने बाटो अन्तरगत उपल्लो धरमपानी देखि देवीकोट गाउँ सम्मको करिव ३ किलोमिटर बाटो वडाध्यक्ष सुनारीको अगुवाईमा, देवीकोट देखि रूपाकोट सम्मको करिव ३ किलोमिटर बाटो वडा सदस्य अलि मोहम्मद मिया र बाउन्नेपाटा देखि जावुने सम्मको ७ किलोमिटर बाटो वडा सदस्य ददिबहादुर बरालको नेतृत्वमा मर्मत गरिएको वडा अध्यक्ष सुनारीले बताएका छन् ।

वर्षा सुरू भएयता बाटो अत्यधिक बिग्रिएपछि पैदल हिड्न, बिरामीलाई अस्पताल सम्म पुर्‍याउन र गाडी चल्न समेत रोकिएपछि जनप्रतिनिधि र गाउँलेहरू बाटो मर्मतमा जुटेका हुन् । यस विषयमा वडा अध्यक्ष सुनारीले गाउँपालिकालाई बाटो मर्मत गरिदिन अाग्रह गर्दा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वर्षापछि मात्र बाटो मर्मत गरिदिने बताएपछि कुनै उपाय नलागेर गाउँपालिकाको मुख ताक्नु भन्दा अाफै गर्दा उपयुक्त हुने देखेर वडा अध्यक्ष सुनारी बाटो मर्मतमा अाफै अगाडि सरेका हुन् ।

वडा अध्यक्ष सुनारी बाटो मर्मतमा अाफै जुटेपछि अन्य जनप्रतिनिधि र गाउँहरू पनि जुटेका हुन् । ४२ घरधुरी रहेको देवीकोटमा धार्मिक तिर्थस्थल भद्राक्षीदेवी मन्दिर समेत रहेको छ । वर्षेनी सो मन्दिरमा दशैमा निकै भिडभाड पनि हुन्छ तर सरकारले दिर्घकालिन कालोपत्रे सहितको सडक नबनाउँदा त्यहाँ जति लगानी गरेर बाटो ग्रावेल गरेपनि बालुवामा पानी खन्याएको जस्तो देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्