बाँकेमा नेपाली काँग्रेस समानुपातिकतर्फ पहिलो



सैघाली खबर,
बाके २९ मंसिर। प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको नेपाली काँग्रेस समानुपातिकतर्फ भने बाँकेमा पहिलो भएको छ । हालै सम्पन्न समानुपातिक मत परिणाम अनुसार नेपाली काँग्रेस पहिलो भएको हो।

दुई लाख ७६ हजार ७ सय १६ मतदाता रहेको बाँकेमा नेपाली काँगे्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा गरी कुल ९४ हजार ४ सय २७ मत ल्याएको छ, भने दोस्रो स्थानमा आएको नेकपा एमालेले ९३ हजार ५ सय ९७ मत ल्याएको छ । प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसले ५० हजार ८ सय ५६ मत ल्याएर पहिलो भएको छ ।

यस्तै नेकपा एमाले ४८ हजार ६ सय ९७ मत ल्याएर दोस्रो, संघीय समाजवादी फोरम नेपालले २६ हजार ६४ मत ल्याएर तेस्रो तथा नेकपा माओवादी केन्द्रले २२ हजार ७ सय ६२ मत ल्याएर चौथो बनेको छ।

यसैगरी प्रदेश सभाको समानुपातिकतर्फ नेकपा एमाले ४४ हजार ८ सय ६० मत ल्याएर पहिलो भएको छ, भने नेपाली काँग्रेसले ४३ हजार ५ सय ७१ मत ल्याएर दोस्रो बनेको छ। यसैगरी संघीय समाजवादी फोरम नेपालले २३ हजार २ सय ५२, नेकपा माओवादी केन्द्रले २२ हजार ४ सय ६५, राप्रपाले ९ हजार ९ सय ५७, राष्ट्रिय जनता पार्टीले २ हजार ९ सय ७९, विवेकशील साझा पार्टीले १ हजार ८ सय ७९, राप्रपा प्रजातान्त्रिकले १ हजार २ सय ३६, एकीकृत राप्रपा९राष्ट्रवादी०ले १ हजार २ सय ५, नयाँ शक्तिले ८ सय ५५ र राष्ट्रिय जनमोर्चाले ५ सय ९४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्