काठमाडौं उपत्यकाका थप ९२ जनामा कोरोना पुष्टि



काठमाडौं / २५ साउन।
काठमाडौं उपत्यकाका थप ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ९० र ललितपुर जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर ३८० जना थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्