खेलकुद

यू–१५ महिला फुटबल टोली बंगलादेश प्रस्थान

By थाहा अनलाइन

December 15, 2017

सैघाली खबर, काठमाडौंः बंगलादेशमा हुने साफ महिला पन्ध्र वर्षमुनि ९यु–१५० च्याम्पियनसिपमा फुटबलमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी पुस २ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतले सफलताको कामनासहित बिदाइ गरे ।

पुस ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत र भुटान सहभागी छन् । पुस २ गते प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालले आफनो पहिलो खेल बंगलादेशसंग सामना गर्ने भएको छ

त्यसैगरी दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग सामना गर्नेछ ।