पूजा शर्माले गरिन पत्रकार सुवेदीविरुद्ध उजुरी



काठमाडाैँ / २५ साउन।

नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् ।

पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

बिहिबार सार्वजनिक कार्यक्रममा पत्रकार सुवेदीले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने?
मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए।

उक्त कार्यक्रम सार्वजनिक भएपछि नायिका पूजाले नाम नतोके पनि आफैलाई भनेका भन्दै स्टाटस लेखेकी थिइन् । हाल पूजाले आफ्नो मानहानी गरेको भन्दै कलाकार संघमा उजुरी गरेकी छन् ।

पूजाको कमजोर सामान्य ज्ञानलाई लिएरमाजिक सञ्जालमा निकै ट्रोलहरु बनेको थियो ।यसमा पूजाले आफ्नो कमजोरी स्वीकार्दै माफीसमेत मागिसकेकी छन् ।

आफूले अन्तरवार्ताको सो अंश सम्पादन गर्न आग्रह गर्दा सुवेदीले नमानेको पूजाको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्