काठमाडौँका तीन क्षेत्रमा लकडाउन



काठमाडाैँ / २६ साउन।
काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।

काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताउनुभयो ।

त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।

स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्