सैघाली खबर,
दाङ २९ मंसिर।
नेपाल पत्रकार महासंघ दाङले स्थापना दिवस पारेर विविध कार्यक्रम गरि मनाउने भएको छ।
महासघले पौष १ गते देखि ४ गते सम्म लमही, घोराही, तुलसीपुरमा बिभिन्न कार्यक्रम गर्नै भएको हो। पौष १ गते भोली लमहीमा स्वागत तथा अन्तरक्रिया , २ गते तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम , ३ गते घोराहीमा रक्तदान , र पौष ४ गते शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम घोराहीमा हुने सचिव भुपेन्द्र वलीले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।