कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका विभिन्न संस्थाका ४७ जनाको स्वाव संकलन गरि प्रयोगशाला पठाइयो



प्रभुनाथ गुप्ता,कपिलवस्तु / २६ साउन।
शुद्धोधन गाउँपालिकामा ४७ जनाको स्वाव नमुना संकलन गरिएको छ ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका अन्तर्गत रहेका बैंक, वित्तीय संस्था, गाउँपालिकाका पदाधिकारी, सुरक्षाकर्मी, गाउँपालिकाका कर्मचारी र पत्रकार लगायतका ४७ जनाको स्वाव नमुना संकलन गरिएको छ ।

४७ जनाको पिसियार जाँचका लागि स्वाव नमुना संकलन गरि प्रदेश प्रयोगशाला भैरहवा पठाएकोको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्