Banner Third

आज सुन र चाँदीको मूल्यमा गिरावट,तोलाको कति पुग्यो त ?

By Thah Online

August 10, 2020

काठमाडौं / २६ साउन। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आइतबारभन्दा २ सय रुपैयाँ प्रतितोलाले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक लाख दुई हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँ प्रतितोलाले नै नै घटेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार तोलाको एक लाख एक हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

आइतबार रेकर्ड कायम गरेको चाँदीको मूल्यमा भने आज गिरावट आएको छ ।

चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।