सैघाली खबर,
हराएको मोबाइल कहाँ छ भन्ने यसरी एक मिनेटमै आफैँ पत्ता लगाउनुहोस् ९तरिकासहित०
मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ ।
यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।
यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।
१। सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।
२। त्यसपछि गुगल सर्च बक्समा गएर ‘ध्जभचभ’क mथ उजयलभरु’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।
३। यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।
९परीक्षणका लागि हामीले कंलकीमा रहेको आफ्नै मोबाइलको लोकेसन ट्र्याक गरेका थियौं । त्यसबाट प्राप्त रिजल्ट तपाईं चित्रमा हेर्न सक्नुहुन्छ ।०ःयदष्भि(
यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाईंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । ष्एजयलभ का प्रयोगकर्ताले ष्ऋयिगम को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।